नेकपा एमालेको टिकट अस्विकार गरि स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साहलाई सघाउन गठबन्धन भित्रका दललाई निर्देश दिएपछि गठबन्धन इतरका नेपाली काङ्ग्रेस र नेकपा एसले स्वतन्त्र उम्मेदवार जैसवाललाई सहयोग गर्ने भएको छ।
रौतहट ३ मा प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका ओमप्रकाश जैसवाललाई नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीका नेताहरुले समर्थन गर्ने भएको छ।
गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका धिरज पटेललाई उम्मेदवारी निष्क्रिय बनाउन नेकपा माओवादीले निरन्तर दबाब दिएपछि नेका र नेकपा एसले जैसवाललाई समर्थन गर्ने भएको छ ।
नेपाली काङ्ग्रेसको रौतहट सभापति सुनिल यादवले क्षेत्र नम्बर ३ ख को प्रदेश सभाका लागि गठबन्धनबाट उम्मेदवारी दिएका छन्।
प्रचण्ड मुक्त भन्ने प्रभु साहले चुनाव जित्न प्रचण्डको खुट्टा छामी गठबन्धनलाई भाडभैलो बनाएको एक नेताले आरोप लगाएका छन्।
पदकै लागि छिनछिनमा पार्टी परिवर्तन गरि परित्याग गरेको पार्टी अध्यक्षलाई गालि गर्ने टेकनिक अपनाएका साहलाई आसन्न निर्वाचनमा पराजित गर्न नेपाली काङ्ग्रेस र नेकपा एस लगायतका दलहरूले स्वतन्त्र उम्मेदवार जैसवाललाई सघाएको उनले बताए।
कटहरिया नगरपालिकाको हर्षाहमा आयोजित एक कार्यक्रम बिच एउटै मञ्चबाट नेपाली काङ्ग्रेसका रौतहट सभापति सुनिल यादव, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव र नेकपा माओवादीका नेता नसरुदिन अन्सारीले जैसवालकै पक्षमा भोट मागेका थिए।