
रौतहट, १६ मंसिर । ।प्रतिनिधि सभा सदस्यको लागि केही स्थानको मतगणना अझै जारी रहेको छ तर प्रदेशमा सरकार बनाउने कसरथ अहिले देखि नै सुरु भएका हुन् । मधेश प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्यो भने सम्भावित मुख्य मन्त्रीको उम्मेदवारको रुपमा मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादव प्रवल दाबेदारको रुपमा देखिएको छ ।
प्रदेश सभापति यादव रौतहट निर्वाचन क्षेत्र नम्वर १ (२) बाट स्वतन्त्र उम्मेदवार राजेश चौधरीलाई १०८९ मतको अन्तरबाट हराएर प्रदेश सभा सदस्य पदमा निर्वाचित भएपछि उनलाई भावी मुख्य मन्त्रीको रुपमा नेपाली काँग्रेस पार्टीबाट अघि बढाउने भएको काँग्रेस पार्टी निकट सुत्रबाट थाहा भएको छ ।
मधेश प्रदेश सभापतिको रुपमा रहेका यादवको पार्टी हाईकमानमा निकै राम्रो पकड रहेको सुत्रले दाबी गर्दै, नकपा एस, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, लोसपाले पनि उनलाई नै मनपराएको देखिन्छ । राजनीतिक हिसावले हेर्दा प्रदेशको सभापतिको हैसियतले पनि उनलाई प्रदेशको संसदीय दलको नेतामा चुनिने र मुख्य मन्त्री बनाउने कार्य तर्फ गृहकार्य भईरहेको बताइएको छ ।
वाम लोकतान्त्रिक गठबन्धनका शिर्ष नेता मध्येका एक नकपा एसका अध्यक्ष माधवकुमार नेपालको पनि चाहना कृष्ण प्रसाद यादवलाई नै सम्भावित मुख्यमन्त्री बनाउने रहेको बुझिएको छ ।
तर यसैविचमा धनुषाका रामसरोज यादव, सर्लाहीका विरेन्द्र सिंह पनि मुख्य मन्त्री बन्ने भए चाहना राखेपनि पार्टीको निर्णय सर्वोपरी हुने बताइएका छन् । यसवारेमा नेपाली काँग्रेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले पार्टीको नीतिलाई सर्वोपरी राखेर सत्ता साझेदार गठबन्धनलाई साथ लिएर अघि बढ्ने दायित्व आएमा त्यसलाई सहर्ष स्वीकार गर्ने स्पष्ट पारे ।
मंसिर ४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभामा निर्वाचित भएका विभिन्न दलका उम्मेदवारहरु केन्द्र र प्रदेशमा सरकार बनाउने जोडघटाउमा यति खेर लागि परेका छन्
