=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block. === console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.



मनाइयो विश्व रेड्क्रस दिवस

रौतहट । सामुदायिक युवा रेडक्रस सर्कलले मनायो विश्व रेडक्रस दिवस भव्यवताका साथ हाजरी जवाब प्रतियोगिता गरी मनाएका छन । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ७ मुडवलवामा रहेको श्री नेमधारी वासुदेव नमुना मा.वि मुडवलवा मा हाजिरीजबाफ प्रतियोगिता कार्यक्रम भव्यताका साथ गरी मनाएका छन् । सामुदायिक युवा रेडक्रस सर्कल मुडवलवाको आयोजना तथा स्वरुप मिडिया प्रा. लि. को समन्वयमा कार्यक्रम रेडक्रस उपशाखा मुडवलवाको सह–कोषाध्यक्ष रविशंकर प्रसाद यादवको अध्यक्षतामा विश्व रेडक्रस दिवस को अवसरमा विधालयका कक्षा ७,८,९ का विधार्थीहर लाई सहभागीतामा हाजिरीजबाफ प्रतियोगिता गरिएको छ ।
कार्यक्रम विधिपूर्वक पानसमा दिप प्रज्वलन गरी र विधार्थी भाई बहिनीहरु द्वरा स्वागत गित प्रस्तुत गरी शुभारम्भ गरिएको थियो । सहभागी भएका विधार्थीहरु लाई ५ समुहमा विभाजित गरी गरिएको थियो । सहभागिता रहेका सबै लाई उचित पुरस्कार बाट पुरस्कृत गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि विधालयका शिक्षक श्री जितेन्द्र प्रसाद यादव, अतिथि स्वरुप मिडिया प्रा. लि का अध्यक्ष हनुमत यादव, समाजसेवी अमोद यादव, शिक्षक टेकनाथ खतिवडा, शिक्षक रामश्रेस्ठ यादव रहनु भएका थिए भने कार्यक्रमको सञ्चालन सामुदायिक युवा रेडक्रस सर्कल मुडवलवाको अध्यक्ष एवं जिल्ला जुनियर÷युवा समितिको सदस्य अरुण जयसवाल ले गर्नुभएको थियो । कार्यक्रममा कक्षा ७,८,९ का सम्पूर्ण विधार्थी भाईबहिनी, शिक्षक, शिक्षिका लगायतका उपस्थित रहेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *