मन्त्री जयद आलमलाई गृह जिल्लामा भब्य स्वागत

मधेश प्रदेश सरकारका नबनियुक्त  मन्त्री मोहम्मद जयद आलमलाई गृह जिल्ला रौतहटमा भब्य स्वागत भएको छ ।
उनी नेकपा एमालेबाट रौतहट क्षेत्र नं २(१) बाट निर्बाचित प्रदेश सभा सदस्य हुन् । उनलाई शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले महिला, बालबालिका ,युवा तथा खेलकुद मन्त्रीको रुपमा सपथ ग्रहण गराएका थिए ।आलम प्रदेश सरकारका सबैभन्दा कान्छा मन्त्रीपरिषद सदस्य हुन् ।

शुक्रबार नै पदभार ग्रहण गरी आज (शनिबार) गृह जिल्ला रौतहट फर्किएका उनलाई जिल्लाबासी र क्षेत्रबासी जनताले भब्य रुपमा स्वागत गरेका छन् । आफूले जिताएर पठाएको जनप्रतिनिधिलाई मन्त्रीको रुपमा पाउदा निकै खुशी भएको स्थानियहरु बताउछन् । आलम संगै रौतहट जिल्लाबाट मात्रै चारजना मन्त्री प्रदेश सरकारमा सहभागी भएका छन् । जिल्लाकै बसन्तकुमार कुशवाहा भूमि ब्यबस्था,कृषी तथा सहकारी मन्त्री भएका छन् भने शेष अबुल कलाम आजाद र केशब राय क्रमशः सामाजिक बिकास र गृह तथा संचार राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *