देवेन्द्र प्र. यादव, १४ वैशाख । राजदेपी न.पा.को एक मात्र नमुना विद्यालय श्री नेमधारी बासुदेव नमुना विद्यालय मुडलवाले शुक्रबारका दिन राजदेवी न.पा. का सम्पुर्ण वडामा विद्यार्थीहरु तथा शिक्षकहरुले साइकल रैली निकाली भर्ना अभियानको लागि प्रसार प्रसार गरेको छन् ।
विद्यालयले यहि वैशाख ३ गते देखि शुरु गरेको भर्ना अभियान निरन्तर रुपले संचालन गरेको छ । सो अभियानमा विद्याथीहरु र शिक्षकहरुले भर्ना नभएका बालबालिकाहरुको घरदैलोमा गई शिक्षाको उद्देश्य माथि प्रकाश पार्दै तथा आवश्यकताहरु बारे जानकारी दिदैं नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालयमा नामाकंन भइरहेको कुरा सो विद्यालयका प्रधानाध्यापक रविशंकर यादवले जानकारी दिनु भएको छ ।
विद्यार्थी भर्ना अभियानका प्रमुख उद्देश्य शिक्षाको उज्यालो घामबाट वञ्चित रहेका बालबालिकाहरुलाई विद्यालय भित्र ल्याई उचित शिक्षा दिक्षा दिने कुरा प्रधानाध्यापक यादवले बताउनु भएको छ साथै यस भर्ना अभियान कार्यक्रमले विद्यालय बाहिर रहेका बालबालिका तथा बिचैमा विद्यालय छोडेका बालबालिकाहरुलाई विद्यालय भित्र ल्याउन सहयोग गर्ने छ भने कुरा समेत बताउनु भो ।